यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ - विश्वमा साढे २० लाख भन्दा धेरै मानिस कोरोना सङ्क्रमणबाट निको भएका छन् ।
५१ लाख ८८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २० लाख ७८ हजार ४ सय ९४ जना निको भएका वल्डओमिटरले जनाएको छ । उपचार गराइरहेका २७ लाख ७६ हजारभन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४५ हजार जनाको अवस्था जटिल र बाँकी २७ लाख भन्दा धेरैको अवस्था सामान्य छ ।
३ लाख ३४ हजार जनाको भने ज्यान गएको छ । गएको २४ घण्टामा विश्वभर ४ हजार ८ सय १९ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा १३ सय जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९६ हजार नाघेको छ । अहिलेसम्म अमेरिकामा मात्रै १६ लाख १९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । त्यहाँ ३ लाख ८२ हजार कोरोनाका विरामी निको भएका छन् ।
यस्तै भारतमा कोरोेनाका नयाँ विरामी र ज्यान गुमाउनेको दर बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै भारतमा ६ हजारभन्दा धेरै नयाँ विरामी थपिएका छन् भने र १ सय ५० जनाको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।
यससँगै भारतमा कोरोना सङ्क्रमितको संख्या १ लाख १८ हजार नाघेको छ । अहिलेसम्म ३ हजार ५ सय ८४ जनाकोे ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।