अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – विश्वव्यापी रुपमा फैलिरहेकाे काेराेना भाइरसकाे असर विश्वका धेरै क्षेत्रमा देखिएकाे छ । यसबाट दुबई पनि अछुताे रहन सकेकाे छैन । दुबई चेम्बर अफ् कमर्सकाे एक सर्वेक्षण अनुसार दुबईका झण्डै ७० प्रतिशत व्यापार काेराेना भाइरस महामारीकाे कारण आउँदाे ६ महिनामा बन्द हुन सक्छ ।
बिहीबार साँझ याे सर्वेक्षणकाे नतिजा सार्वजनिक गरिएकाे थियाे । 'दुबईका ९० प्रतिशतभन्दा धेरै कम्पनीहरुकाे अनुसार सन् २०२० काे पहिलाे तीन महिनामा उनीहरुकाे व्यापार र नाफामा भारी गिरावट आएकाे छ', सर्वेक्षणमा भनिएकाे छ ।
दुबई चेम्बर अफ् कमर्सका अनुसार महामारीकाे कारण विश्वकाे आर्थिक व्यवस्था सुस्त हुँदाकाे सबैभन्दा धेरै असर साना र मझाैला उद्याेगमा परेकाे छ ।
पर्यटन क्षेत्रसँग जाेडिएकाे अधिकांश कम्पनी, रियल स्टेटकाे आधाभन्दा धेरै कम्पनी, हाेटल–रेस्टुरेन्टका मालिकसहित रिटेल उद्याेगसँग जाेडिएका व्यक्तिहरुकाे अनुसार उनीहरुकाे काममा ७० प्रतिशतसम्मकाे गिरावट आइसकेकाे छ र दाेस्राे तीन महिनाकाे नतिजा अझ भयानक हुनेछ ।
सर्वेक्षणमा सहभागी भएका ४८ प्रतिशत कम्पनीका अनुसार उनीहरुसँग याे महामारीबाट छुटकारा पाउने कुनै तयारी याेजना छैन ।
यद्यपि यी कम्पनीले काेभिड–१९ काे प्रकाेपलाई सीमित गर्नकाे लागि केही उपाय अपनाइएकाे बताएका छन् । आफ्नाे उपस्थितिमा काेराेनाकाे असर कम पर्न दिन केही उपाय अपनाइएकाे उनीहरुकाे भनाइ छ ।
दुबईमा रहेका कम्पनीमाथि काेराेना भाइरस महामारीकाे असर कम गर्नकाे लागि के गर्न सकिन्छ भनेर दुबई चेम्बर अफ् कमर्सले केही सुझाव पनि दिएकाे छ ।
संस्थाले कम्पनीहरुले कानुनी कारबाहीमा राहत पाउनुपर्ने, भाडामा केही राहत पाउनुपर्ने, उनीहरुसँग जाेडिएका सरकारी खर्चमा कमी गर्नुपर्ने र सरकारी शुल्क माफीसहित फाइनान्सकाे प्रस्ताव पनि गरिनुपर्ने बताएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।