अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – काेराेना भाइरस महामारीकाे कारण उत्पन्न भएकाे आर्थिक सङ्कटबीच चीनले आफ्नाे रक्षा बजेट बढाएकाे छ ।
सन् २०२० मा चीनले आफ्नाे रक्षा बजेट सन् २०१९ काे तुलनामा ६ दशमलव ६ प्रतिशतले बढाएकाे छ । यद्यपि गएकाे तीन दशकमा पहिलाे पटक रक्षा क्षेत्रमा चीनकाे बजेट केहीले बढेकाे छ ।
समाचार एजेन्सी राेयटर्सका अनुसार शुक्रबार सार्वजनिक गरिएकाे राष्ट्रिय बजेटमा रक्षा क्षेत्रमा खर्च गर्न १२ दशमलव ६८ खरब युआन (१७८ अर्ब डलर) छुट्याइएकाे छ ।
शुक्रबार चीनकाे वार्षिक संसदीय बैठकमा प्रधानमन्त्री ली केचियाङ्गले महामारीकाे कारण देश 'अनिश्चितता' काे बीच फसेकाे र अर्थव्यवस्थाले नराम्राे समयकाे सामना गरिरहेकाे बताएका छन् । उनले अर्थव्यवस्थाकाे लागि सरकारी सहयाेगकाे प्रतिबद्धता गरेका छन् आउने केही समयसम्म आर्थिक विकासकाे लक्ष्यकाे बारेमा केही भन्न नसकिने बताए ।
चीनले आर्थिक विकासमा कुनै लक्ष्य नदिएकाे याे पहिलाे पटक हाे । एक वर्षअघिकाे तुलनामा सन् २०२० काे पहिलाे तीन महिनामा चीनकाे अर्थव्यवस्था ६ दशमलव ८ प्रतिशतले घटेकाे छ ।
ली केचियाङ्गले देशकाे सेनामा सुधारकाे काम जारी रहने बताएका छन् । उनले भने, 'हामी राष्ट्रिय सुरक्षा र सेनामा सुधारकाे काम जारी राख्नेछाैँ । हामी आफ्नाे बाैद्धिक र उपकरण सपाेर्ट क्षमता बढाउनेछाैँ र रक्षासँग जाेडिएका आधुनिक प्रविधि पनि अपनाउनेछाैँ ।'
काेराेना भाइरसकाे महामारीबीच दक्षिण चीन सागरमा चीन–ताइवान विवादलाई लिएर अमेरिका र चीनकाे सेना सक्रिय छन् । हङकङमा नयाँ सुरक्षा कानुन लागू गर्ने आफ्नाे काेसिसकाे विराेध हुन सक्ने चीनलाई आशङ्का छ ।
काेराेनालाई लिएर तनाव बढिरहेकाे छ
काेराेना भाइरसकाे उत्पत्तिलाई लिएर अमेरिकाले लगातार चीनमाथि आराेप लगाउँदै आइरहेकाे छ । समाचार एजेन्सी राेयटर्सका अनुसार चीनकाे रक्षा मन्त्रालयले काेराेना भाइरस महामारीलाई लिएर अमेरिकासँग आफ्नाे सम्बन्ध तनावपूर्ण बन्दै गइरहेकाे र यसले सैन्य टकरावकाे रुप लिन सक्ने भन्दै एक रिपाेर्टमा चेतावनी दिएकाे छ ।
सिङ्गापुरकाे इन्स्टिच्युट अफ् डिफेन्स एण्ड स्ट्र्याटेजिक स्टडिजमा रिसर्च फेलाे कलिन काेहले राेयटर्ससँग भने, 'चीनलाई खतराकाे महसुस भइरहेकाे छ र ऊ तत्काल आफ्नाे सुरक्षा बढाउन चाहन्छ ।' बजेटमा सेनाकाे आधुनिकीकरणलाई लिएर कम खर्च देखाइए अरु देशलाई गलत सन्देश जाने उनले बताए ।
रक्षा क्षेत्रकाे बजेटमा चीनले सधैँ माेटाे रकमकाे आँकडा प्रस्तुत गर्दै आइरहेकाे छ । कुन क्षेत्रमा कति खर्च गर्ने भन्ने कुराकाे पूरा जानकारी बजेटमा हुँदैन । कुटनीतिज्ञ र विदेशी विशेषज्ञहरु चीनले असल आँकडालाई कम देखाउने गरेकाे मान्छन् ।
सन् २०२० काे चीनकाे रक्षा बजेट गएकाे वर्षकाे अमेरिकाकाे रक्षा बजेटमा एक चाैथाइ हाे । गएकाे वर्ष अमेरिकाकाे रक्षा बजेट ६८६ अर्ब डलर थियाे । लामाे समयदेखि चीन रक्षा क्षेत्रमा ठूलाे मात्रामा बजेट छुट्याउँदै अमेरिकाकाे बराबरी गर्न खाेजिरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।