पाकिस्तानमा ९० जना यात्रु बोकेको जहाज दुर्घटना

 जेठ ९, २०७७ शुक्रबार १६:१४:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानमा जहाज दुघर्टना भएको छ । लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्स पीआईएकाे जहाज कराँची विमानस्थल नजिकै दुघर्टना भएको हो ।

दुघर्टनास्थलबाट कालो धूवाँको मुस्लाे उडिरहेको र विमानमा रहेका ९० जना यात्रुको अवस्था खुलिनसकेको द न्युजले जनाएको छ ।

अहिले उद्धार सुरु भइसकेको पीआईएका प्रवक्ता अब्दुल सत्तरले जानकारी दिएको डन अनलाइनले जनाएको छ ।

विस्तृतमा जान्न यहाँ क्लिक गर्नुहाेस् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया