नयाँ नक्सा राजपत्रमा प्रकाशित

 जेठ ९, २०७७ शुक्रबार १९:२६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालकाे नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा शुक्रबार राजपत्रमा प्रकाशित भएकाे छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सार्वजनिक भएकाे नेपालकाे नयाँ नक्सालाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राजपत्रमा प्रकाशित गरिएकाे हाे ।

गएकाे साेमबार मन्त्रिपरिषद्ले पारित गरेकाे नयाँ नक्सा बुधबार सार्वजनिक गरिएकाे थियाे । नयाँ नक्सा सार्वजनकि भएलगत्तै भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले अब सबै कार्यालय दस्तावेज पाठ्यपुस्तक कुटनीतिक नियाेगलगायतमा नेपालकाे नयाँ नक्सा प्रचलनमा ल्याउन आग्रह गर्नुभएकाे थियाे ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया