खाडीका देश र टर्कीमा कोरोनाकाे कारण ज्यान गुमाउने नेपालीको संख्या १५

 जेठ ९, २०७७ शुक्रबार २०:४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खाडीका देश र टर्कीमा कोरोना सङ्क्रमणबाट १५ जना नेपालीको ज्यान गएको छ ।

त्यहाँ रहेका नेपाली दूतावासका अनुसार अहिलेसम्म साउदीमा सातजना, यूएईमा पाँचजना तथा कतार, टर्की  र सेसल्समा एक, एकजना गरी १५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

दूतावासका अनुसार खाडीका देश मलेसियामा अहिलेसम्म १९ सय ६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ ।

साउदीमा १३ सय ६४, बहराइनमा ३३१, यूएईमा १५, कुवेतमा ८४, कतारमा ५७, मलेसियामा ५५ जना गरी जम्मा १९ सय ६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो । जसमध्ये साउदीमा ३८, यूएईमा दुई र मलेसियामा १३ गरी ५३ जना निको भएर काममा फर्किएका छन् ।

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया