पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डाै – भारतमा काेराेना भाइरसकाे सङ्क्रमणबाट पछिल्लाे २४ घण्टा भित्रमा ६ हजार ६ सय ५४ जना सङ्क्रमित भएका छन् । भारतमा एकैदिन सङ्क्रमित भएकाकाे सङ्ख्या अहिलेसम्मकै धेरै भएकाे हाे ।
भारतकाे स्वास्थ्य मन्त्रालयले शनिबार याे तथ्याङ्क सार्वजनिक गर्दै कुल सङ्क्रमितकाे सङ्ख्या एक लाख २५ हजार एक सय एक पुगेकाे बताएकाे छ ।
याे हप्ता दाेस्राे पटक भारतमा ६ हजार जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे हाे । गएकाे शुक्रबार ६ हजार ८८ जनामा सङ्क्रमण पुष्टि भएकाे थियाे ।
पछिल्लाे २४ घण्टामा एक सय ३७ जनाकाे ज्यान गएसँगै भारतमा सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या बढेर तीन हजार सात सय २० पुगेकाे छ । त्यस्तै काेराेना सङ्क्रमणबाट निकाे हुनेकाे दर ४१ प्रतिशत छ । अहिलेसम्म ५१ हजार सात सय ८३ जना ठिक भएकाे बताइएकाे छ ।
भारतमा पछिल्ला केही हप्ता सङ्क्रमित हुनेकाे सङ्ख्या लगातार बढिरहेकाे छ । निर्माण र यातायातलगायतका क्षेत्रमा प्रतिबन्ध खुकुलाे पारिँदा सङ्क्रमण बढिरहेकाे बताइएकाे छ ।