भद्रपुरमा कोभिड विशेष अस्पताल र पीसीआर प्रयोगशाला बन्ने

 जेठ ११, २०७७ आइतबार १०:१८:१९ | रासस
unn.prixa.net

झापा - भद्रपुरमा रहेकाे मेची अञ्चल अस्पतालको नयाँ भवनमा प्रदेश १ सरकारको सहयोगमा १ सय शय्याको कोभिड विशेष अस्पताल निर्माण हुने भएको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथाम, अनुगमन तथा समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले अस्पतालको नयाँ भवनमा छुट्टै कोभिड अस्पताल र नजिकै रहेको स्वास्थ्य कार्यालयको तालिम केन्द्रमा पीसीआर प्रयोगशाला राख्ने निर्णय भएको बताउनुभयो ।

झापामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३३ जना कचनकवल गाउँपालिकाका छन् । बाह्रदशी र दमकका एक–एक जना निको भएर घर फर्किसकेका छन् भने झापा गाउँपालिकाका एक सङ्क्रमित थपिएका छन् ।

पूर्वीनाका काँकडभिट्टालगायतका सीमावर्ती क्षेत्रबाट सयौँ नेपाली घर फर्कन थालेपछि उनीहरुको कोभिड परीक्षणका लागि झापामै पीसीआर प्रयोगशाला र कोभिड अस्पताल निर्माण हुनुपर्ने जरुरी देखिएको थियो ।
 
कोभिड विशेष अस्पताल बनाउने भनिएको नयाँ भवन निर्माणको अन्तिम चरणमा रहेको हुँदा त्यसलाई पूरा गर्न केही बजेट आवश्यक पर्ने प्रदेशसभा सदस्य वसन्त बानियाँले बताउनुभयो ।

अहिलेलाई तत्कालीन जनस्वास्थ्य कार्यालयको तालिम केन्द्र खाली र पूर्वाधारयुक्त भएको हुँदा पीसीआर प्रयोगशाला मेसिन आउनासाथ सञ्चालनमा ल्याउन सकिने अवस्था छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया