अमेरिकामा संघीय कर्मचारीलाई निकालेको विरुद्धमा र्याली
फागुन १०, २०८१ शनिबार
बाग्लुङ - बाग्लुङको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका ,निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा आजदेखि जेठ २० गतेसम्मका लागि सिल गरिएको छ ।
लकडाउनलाई मध्यनजर गर्दै ४ वटै पालिकाका प्रमुख, उपप्रमुख र इलाका प्रहरी कार्यालयको प्रमुख लगायतको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ४ वटै पालिकाका मुख्य सीमा नाकाहरु बन्द गर्ने, सञ्चालनमा रहेका खाद्यान्न पसलहरु पनि २० गतेसम्मलाई बन्द गर्ने , निर्माण सामग्री र बिरामी बोक्ने एम्बुलेन्स तथा गाडीबाहेक अरु गाडी सञ्चालनमा रोक लगाउने तथा जथाभावी हिँड्नेलाई कारबाही गर्ने लगायतका निर्णय गरेको छ ।
इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले यस अवधिमा थप कडाइ गरिने बताउनुभयो । उहाँले प्रहरीको आँखा छलेर खोलामा माछा मार्ने , मर्निंग वाक जाने र बिना काम यत्रतत्र हिँडडुल गर्ने जस्ता काम नगर्न आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।