'न्युयाेर्क टाइम्स'ले काेराेना भाइरसबाट ज्यान गुमाएका १००० जनाकाे नाम प्रकाशित गर्‍याे

 जेठ ११, २०७७ आइतबार १४:३:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाकाे चर्चित अखबार न्युयाेर्क टाइम्सले आइतबारकाे अङ्कमा पहिलाे पृष्ठमा अमेरिकामा काेराेना भाइरसबाट ज्यान गुमाएका एक हजार जनाकाे नाम सूचीबद्ध गरेर प्रकाशित गरेकाे छ ।  

आइतबारकाे न्युयाेर्क टाइम्सकाे पहिलाे पृष्ठमा सबैभन्दा महत्तवपूर्ण शब्द 'अकल्पनीय' लेखिएकाे छ । अमेरिकामा काेराेना भाइरसबाट भएकाे क्षति वास्तवमा असाध्य छ । काेभिड–१९ ले पुर्‍याएकाे क्षति कुनै पनि चित्रण वा विवरणभन्दा धेरै छ । तर द टाइम्सले आइतबार पहिलाे पृष्ठ र भित्री तीन पृष्ठमा झण्डै एक हजार पीडितकाे नाम प्रकाशित गर्दै एक अनाैठाे काेसिस गरेकाे छ । 

परिणाम : कुनै पनि तस्बिर समाचार लेख विज्ञापन वा कुनै अन्य चीजरहित एक पहिलाे पृष्ठ । पूरै पृष्ठ मृतककाे नामले भरिएकाे छ । ब्यानर शीर्षकमा भनिएकाे छ, 'अमेरिकामा मृतककाे सङ्ख्या १००००० नजिक, एक अकल्पनीय क्षति ।'

कैयाैँ विशेषज्ञका अनुसार काेभिड–१० काे मृत्युकाे कारण अझै खराब छ किनकि केही पीडितकाे मृत्यु घरमै भएकाे हाे वा अन्य कारणले गर्दा हाे, गनिएकाे छैन । तर मृतककाे सङ्ख्या एक लाख पुग्न लागेकाे छ । द टाइम्सका सम्पादक र पत्रकारहरुले पछिल्लाे केही महिनामा के भयाे यसकाे जानकारी लिने तरिकाकाे बारेमा कुरा गरेका छन् । 

टाइम्सकाे ग्राफिक्स डेस्कका सहायक सम्पादक भन्छन्, 'हामीलाई थाहा थियाे, त्याे सङ्ख्यालाई फेरि गन्ने काेसिस गर्नुपर्छ ।' न्युयाेर्क टाइम्सले शनिबार दिउँसाे अमेरिकामा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक लाख नजिक पुगेकाे बताएकाे थियाे । याे सङ्ख्या विश्वकाे कुनै पनि देशकाे तुलनामा धेरै हाे । 

महामारीकाे कारण ज्यान गुमाउनेहरुकाे लागि अखबारकाे तर्फबाट याे एउटा श्रद्धाञ्जली भएकाे बताइएकाे छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया