नोटलाई भाइरसरहित बनाउनुपर्ने, पूर्वराजाको तस्बिर भएकाे नोट भुक्तानी नगर्न निर्देशन

 जेठ ११, २०७७ आइतबार १८:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले नोट भुक्तानी गर्नुपूर्व कीटाणु र भाइरसरहित बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

सफा नोट नीति २०७३ लाई संशोधन गर्दै राष्ट्र बैंकले निश्चित प्रक्रिया अपनाएर नोटलाई भाइरसरहित बनाउन निर्देशन दिएको हो । नोट ओसारपसार गर्ने बाक्सा र ठाउँ पनि सफा हुनुपर्नेछ । यस्तै झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अङ्क, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, लेखिएकाे, कोरिएको र मेटिएको च्यातिएको वा पूर्वराजा अङ्कितको नोटलाई निष्कासन अयोग्य नोटको रुपमा निष्कासन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

नोटमा स्टिचको प्रयोग नगर्न र रबर तथा पेपर ब्यान्ड प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस्तै एटीएम मेसिनलगायतका माध्यमबाट बजारमा पठाउन सकिने नोटमा हरियो रङ्गको स्लिप प्रयोग गर्न र अयोग्य नोटमा रातो रङ्गको स्लिप प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया