दोलखाका दुई युवा तामाकाेशी नदीमा बेपत्ता

 जेठ १२, २०७७ सोमबार ८:१२:४९ | रासस
unn.prixa.net

दोलखा - दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् ।

दोलखाको मेलुङ गाउँपालिका–१ पवटीका ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । 

त्यस्तै कालिञ्चोक गाउँपालिका–७ ठूलाखेत बस्ने १९ वर्षीय नवराज पौडेल तामाकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

बेपत्ता दुवै युवा आइतबार फरक फरक ठाउँमा माछा मार्न र पौडी खेल्न गएका थिए । बेपत्ता भएका दुवै जनाको स्थानीय तथा प्रहरीको सक्रियतामा खोजी भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असार ६, २०७७

तपाईको प्रतिक्रिया