रेमिट्यान्सबारे नयाँ नियम, दिनमा १५ सय डलरसम्मको कारोबार गर्न पाइने

 जेठ १२, २०७७ सोमबार १०:३७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमण्डाै - नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबारमा नयाँ नियम लागू गरेको  छ ।

आइतबार एक निर्देशन जारी गर्दै सम्पूर्ण रकम तथा कमिसन विदेशी मुद्रामा प्राप्त गर्नुपर्ने व्यवस्था गरेको हो । 

राष्ट्र बैंकले भनेको छ, ‘विश्वभर रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा ती देशमा रहेका बैंक वित्तीय संस्थासँगको सहकार्यमा कामदार कार्यरत कम्पनीले सम्बन्धित बैंकमा खाता खोली, खातामा कामदारको पारिश्रमिक जम्मा गर्ने, खातामा रहेको रकम मध्येबाट कम्पनी प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको हिताधिकारीको नाममा भुक्तानी हुनेगरी विदेशी मुद्रा विप्रेषण गरी नेपाल पठाउने र त्यो रकम नेपालमा प्राप्त गरिसकेपछि सम्बन्धित विप्रेषण प्रदायकले नेपालस्थित हिताधिकारीलाई विद्यमान व्यवस्था अनुरूप भुक्तानी गर्नसक्ने छन ।’

यस्तै विदेशबाट रकम पठाउँदा नेपालमा रहेको हिताधिकारीको सम्पूर्ण विवरण उपलब्ध गराउनु पर्नेछ । 

एक दिनमा एक व्यक्तिले १५ सय डलरसम्मको रेमिट्यान्स कारोबार गर्न पाइने पनि राष्ट्रबैंकले जनाएको छ । यो रकम भन्दा धेरै कारोबार भएमा कारबाही हुनेछ ।

अन्तिम अपडेट: असार २८, २०७७

तपाईको प्रतिक्रिया