कोरोना सङ्क्रमितमध्ये १५५ जना उपचारपछि निको

 जेठ १२, २०७७ सोमबार १९:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक सय ५५ जना उपचारपछि निको भएका छन् । साेमबार बेलुका वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ४३ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या एक सय ५५ पुगेको हो  ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले आज ४३ जना कोरोनामुक्त भएपछि नारायणी अस्पतालको आइसोलेशन कक्ष खाली भएको बताउनुभयो । यसअघि साेमबार बिहान वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए । 

उपचारपछि निको भएका दुई महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदन उपाध्यायले जनाकारी दिनुभयो । 

प्रदेश १ मा २६ जना, प्रदेश २ मा ७६ जना, वाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा दुई , प्रदेश ५ मा ३५ जना र सूदूरपश्चिममा पाँच जना गरी एक सय ५५ जना उपचारपछि निको भएका हुन् । 

त्यस्तै साेमबार नै कपिलवस्तुमा कोरोना सङ्क्रमित नर्स उपचारपछि घर फर्किनुभएको छ । कपिलवस्तु अस्पतालमा कार्यरत तौलिहवाकी २५ वर्षीया नर्स सङ्क्रमणबाट मुक्त भएर घर फर्कनुभएको हो ।

उहाँको दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । नेपालमा पहिलो कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी १४ दिनमै कोरोना जित्न सफल भएको पनि थापाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया