अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
डोटी - लकडाउनका कारण जिल्लामा किसानले उत्पादन गरेका तरकारीले बजार नपाउदा बारीमै सड्न थालेका छन् ।
व्यवसायिक रुपमा तरकारी खेती गरेर उत्पादन गरिएको तरकारी बिक्री नहुँदा उनीहरु चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र सिलगढीका अनुसार जिल्लामा कम्तीमा पनि ८ सय रोपनी खेतमा किसानले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् ।
यहाँका किसानले अहिले बेमौक्ष्समी तरकारी फलाए पनि उचित बजार नपाउँदा बारीमै कुहिन थालेको गुनासो गर्दै आएका छन् । बारीमा फलाएका साग तरकारीहरु बिक्री नभएपछि किसानले वस्तुभाउलाई दिन थालेका छन् ।
दिपायल सिलगढी नगरपालिका–५ घोलतडा, वडा नं ३ बाँफी, शिखर नगरपालिका–२ कालागाढ, वडा नं १ समुहगाढलगायत केआईसिंह, जोरायल, सायल, पूर्वीचौकी, आदर्श गाउँपालिकाका किसानले व्यावसायिक रुपमा उत्पादन गरेको तरकारी बिक्री हुन नसक्दा बारीमै कुहिन थालेका हुन् ।
लाखौँ रकम लगाएर उत्पादन गरेको तरकारी उत्पादन भएर पनि बिक्री नहुँदा आफुहरुलाई निकै घाटा भएको दिपायल सिलगढी–३ बाँफीकी तरकारी किसान नेहा साउले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ऋण काडेर लाखौँ रकम खर्च गरेर तरकारी खेती ग¥यौँ, लकडाउनले बिक्री गर्न नसक्दा बारीमै कुहिन थालेको छ, बैंकको ब्याज तिर्ने पैसा समेत असुल हुँदैन ।’
गएको वर्ष जिल्लामा पाँचदेखि सात लाख मूल्य बराबरको तरकारी बिक्री भएको कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ ।
तरकारी चाँडो सड्ने भएकाले समयमै बिक्री गर्न नपाउँदा किसानलाइ समस्या हुँदै आएको शिखर नगरपालिका–१ कालागाढका तरकारी किसान खडग बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तरकारी चाँडो बिग्रिने चिज भएकाले फलेको तिन÷चार दिनभित्रमा बिक्री नगरे कुहिएर जान्छ, किसनालाई अहिले निकै घाटा भएको छ ।’
लकडाउनमा अत्यावश्यक गाडी सञ्चालन गर्न अनुमित दिइए पनि जिल्लामा गाडी नचलेका कारण तरकारी बजारसम्म पु¥याउन नसकिएको किसानहरुको गुनासो छ ।
जिल्लामा अहिले पर्याप्त तरकारी उत्पादन गरिएपनि जिल्ला बाहिरबाट तरकारी आयात गरिएका कारण पनि यहाँका तरकारी किसानलाई समस्या भएको दिपायल पिपल्लाकी तुलसी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला तरकारी पर्याप्त उत्पादन भएको छ तर जिल्ला बाहिरका गाडीमा तरकारी आयात गरिदा यहाँका किसानलाई समस्या भएको हो ।’
यहाँका किसानले अहिले जिल्लामा काँक्रा, जुनेली फर्सी, सिम्ला, पिरो खुर्सानी, भण्टा, टमाटर, काउली, तितेकरेला, मुला, भिण्टी लगायत हरियो साग उत्पादन गरेका छन् ।
लकडाउनमा स्थानीयलाई घर बाहिर निस्किन अनुमति नभएका कारण तरकारी किन्न कोही नआउने गरेको दिपायल सिलगढी–५ घोलतडाका किसान बहादुरे कोलीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिले पहिले हामीले तरकारी बेच्न कतै जानु पर्दैनथ्यो, बारीमै किन्न आउँथे, अहिले लकडाउन भएपछि सबै घरैमा छन्, किन्न कोही आउँदैनन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।