विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या साढे तीन लाख नाघ्यो

 जेठ १४, २०७७ बुधबार ६:९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सश्र्ख्या साढे तीन लाख नाघेको छ ।

पाँच महिनाअघि चिनको वुहानमा देखिएको कोरोना भाइरसले अहिलेसम्म तीन लाख ५१ हजार ६ सय भन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । विश्वका २ सय १३ वटा देशमा फैलिएको कोरोनाबाट ५६ लाख ७८ हजार भन्दै धेरैमा सङ्क्रमण भएको छ ।

सङ्क्रमितमध्ये २४ लाख २६ हजार भन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९४ हजार भन्दा धेरै मानिसमा सङ्क्रमण भएको छ भने चार हजार भन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: असार १०, २०७७

तपाईको प्रतिक्रिया