अमेरिकी राष्ट्रपति ट्रम्पको पोष्ट भ्रमपूर्ण रहेको ट्विटरको चेतावनी

 जेठ १४, २०७७ बुधबार ६:४३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटलाई ‘तथ्य जाँच चेतावनी’को ट्याग गरेको छ ।

ट्विटरले ट्रम्पको पोष्टमा पहिलोपटक तथ्य जाँचको लेबल दिएको हो । ट्रम्पले इमेल मार्फत गरिने मतपत्रहरु ठग्ने जालसाजीभन्दा कम नभएको भन्दै ट्वीट गर्नुभएको थियो । ट्विटरले उक्त पोस्टको मुनि निलो रङ्गको एक चेतावनी लेबल राखेको छ ।

ट्विटरको निलो लेबलले ट्वीटले भ्रमपूर्ण भएको भन्दै तथ्य जाँच्न आग्रह गर्छ । ट्रम्पले मेल मार्फत मतदान गरिने मतपत्रहरूको बैधताको बारेमा धेरै असह्य दावी गरेका भन्दै ट्विटरमा आलोचना पनि भएको छ ।

सामाजिक सञ्जाल कम्पनी ट्विटरले यहि महिनाको सुरूमा चेतावनी लेबलहरूमा आफ्ना नीतिहरू अध्यावधिक गरेको थियो । ट्रम्पका ट्वीटहरुमा तथ्य जाँच गर्न ढिला भैरहेको आवाज उठिरहेका बेला ट्विटरले चेतवानी दिन शुरु गरेको हो ।

अन्तिम अपडेट: जेठ ३२, २०७७

तपाईको प्रतिक्रिया