काेराेना सङ्क्रमित भेटिएपछि महोत्तरीकाे सीतापुर बजार सिल

 जेठ १४, २०७७ बुधबार १९:५९:४९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको भङ्गहा नगरपालिकामा एक पुरुषमा कोरोना पुष्टि भएपछि सीतापुर बजार क्षेत्र सिल गरिएकाे छ ।

भङ्गहा नगरपालिका ६ का ३५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले बजार क्षेत्रलाई सिल गरी आवात जावतमा रोक लगाएकाे छ । 

भारतबाट १० दिन अगाडि नेपाल फर्किएपछि सीतापुर बजारकाे माध्यमिक विद्यालयको क्वरेण्टीनमा बस्दै आउनुभएका पुरुषमा कोरोना पुष्टि भएको हो । उहाँलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वरामा रहेको आइसोलेशनमा पठाइएको भङ्गहा नगरपालिका प्रमुख सञ्जिवकुमार शाहले बताउनुभयाे ।

प्रमखु शाहका अनुसार सीतापुर बजारकाे क्वरेण्टीनमा अहिले भारत तथा अन्य देशबाट आएका ७२ जना रहेका छन् । त्यस्तै नगरका ६ वटा क्वरेण्टीनमा तीन सयभन्दा बढी बस्दै आएकाे नगरपालिकाको कार्यालयले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्रकुमार झाका अनुसार मङ्गलबर महोत्तरीमा कोरोना सङ्क्रमण पुष्टि भएका दुई जना पुरुषमध्ये एक जना मनरा सिस्वा नगरपालिका र एक जना भङ्गहा नगरपालिकाका हुन् ।

दुवैलाई अहिले जलेश्वरकाे आइलेशन कक्षमा भर्ना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय जलेश्वरले जनाएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया