आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ - लिपुलेक, कालापानी क्षेत्रसम्बन्धी सीमा विवादलाई सुझबुझपूर्ण तथा सद्भावयुक्त आपसी संवादबाट टुङगोमा पुर्याउन भूतपूर्व सैनिकहरुले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले विज्ञप्ति निकालेर दुई देशबिचको सम्बन्धलाई नै असर पार्ने गरी टिका टिप्पणी गर्दा दीर्घकालीन असर पर्नेतर्फ सचेत रहन आग्रह गरेको छ । साथै नेपाल भारत बीचको पुरानो सम्बन्धलाई कामय राखी खुला वातावरणमा संवाद गरेर निकास निकाल्न संघले आग्रह गरेको छ ।
संघका अध्यक्ष लक्ष्मीकान्त पाण्डेयले जारी गरेको विज्ञप्तिमा विगतमा पनि उतार चढाव आएका बेला वार्ताबाटै समस्या समाधान भएको नजिरलाई कायम राख्दै कुटनैतिक संवाद थाल्नुपर्ने भनिएको छ ।
असंलग्न परराष्ट्रनीति अनुसार सरकारले सीमा समस्या समाधान गर्ने गरी फलदायी परिणाम ल्याउन प्रयास थाल्ने उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।