सोती घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न पत्रकार महासंघको माग

 जेठ १५, २०७७ बिहीबार १४:०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा जातीय विभेदलाई लिएर ज्यानै जानेगरी भएको घटनाको छानबिनगरी दोषीलाई कारबाही गर्न पत्रकार महासंघले माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र यस्ता आपराधिक घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानार्कषण गराइएको उल्लेख छ ।

देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भइ जातीय विभेद र छुवाछूत अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा यस्ता घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादति र मानवताविरुद्धको जघन्य अपराध भएको भन्दै मानव सभ्यतालाई नै कलंकित बनाउने र कानुनी शासनको धज्जी उडाउनुका साथै समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडा गरेको महासंघले जनाएको छ ।

यस्तै, पत्रकार महासंघले घटनाका विषयमा भ्रामक समाचार सामग्री र सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया