३ सय पालिकामा भूमि बैंक स्थापना गरिने, ५० करोड विनियोजन

 जेठ १५, २०७७ बिहीबार १७:३४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षमा तीन सय पालिकामा भूमि बैंक स्थापना गर्ने भएको छ । बाँकी पालिकाहरुमा पनि यो प्रणाली बिस्तारै विस्तार गर्दै लैजाने अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले सरकारी स्वामित्व बाहेकका जग्गालाई निश्चित समयका लागि लिजमा दिने गरी भूमि बैंकको स्थापना गर्न लागिएकाे बताउनुभयाे ।

त्यस्ता जग्गामा कृषि गर्नेका लागि कृषि सामग्रीमा सहुलिय दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । त्यसका लागि सरकारले आउँदो आर्थिक वर्षका लागि सामग्रीमा सहुलियत दिन ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै महिलाको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियतको व्यवस्था गरिने भएको छ । मुक्त कमैया, सुकुम्बासीलगायतका लागि जीविकोपार्जनसम्बन्धी कार्यक्रम ल्याइने पनि मन्त्री खतिवडाले बताउनुभयो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया