अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तारका लागि १९ अर्ब ४२ करोड विनियोजन

 जेठ १५, २०७७ बिहिबार १८:६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले आउँदो आर्थिक वर्ष अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तारका लागि १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । भैरहवामा निर्माण भइरहेको  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन बनाउने र सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।

त्रिभुवन विमानस्थल विस्तार र स्तरोन्नति तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि पनि बजेट विनियोजन भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्षेत्रमा बस्ती स्थानान्तरण र परिपथको लागि पनि बजेट विनियोजन भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया