कवि तथा गीतकार रत्नशमशेर थापाको आज अन्त्येष्टि गरिँदै

 जेठ १६, २०७७ शुक्रबार १२:६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कवि तथा गीतकार रत्नशमशेर थापाको आज अन्त्येष्टि गरिँदैछ ।

उपचारका क्रममा बिहीबार  निधन भएका थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको हो । अन्त्येष्टि  अघि कलाकार संघका सदस्यहरुले उहाँले लेखेको गोरेटो त्यो गाउँको बोलको गीत गाएर उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको गीतकार सुवासचन्द्र ढुंगेलले जानकारी दिनुभयो ।

नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहेका थापाको ८३ वर्षको उमेरमा हिजो निधन भएको हो । २०१८ सालदेखि गीत लेख्न थालेका थापाका घुम्तीमा नआऊ है, ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो, फूलैफूलको मौसम तिमीलाई, जाग लम्क चम्क हे नौजवान हो, विछोडको पीडा नसकि खप्न, गोरेटो त्यो गाउँको, आफ्नै गाउँ फर्कि आएँ लगायतका दर्जैनौ गीत दर्जनौ गीत सदाबहार छन् ।

उहाँले उकाली आरोली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखो माया लगायत चलचित्रमा गीत लेख्नुभएको छ । रत्नशमशेर थापाले २०१८ सालमा त्रिचन्द्र कलेजमा पढ्दा पढ्दै नारायणगोपालसँग मिलेर भारतको कोलकत्तामा ‘स्वर्गकी रानी’ बोलको गीत रेकर्ड गराउनुभएको थियो । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया