आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ – महानगर चेम्बरले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराइएको काठमाण्डौ महानगर चेम्बरका अध्यक्ष पंकजचन्द्र श्रेष्ठले बताउनुभयो ।
चेम्बरले पीपीई पाँच थान, गमबुट पाँच जोर, गमबुट कभर पाँच जोर, थर्मल गन दुई थान, सर्जिकल मास्क एक हजार थान, फेस सिल पाँच थान, सर्जिकल क्याप एक हजार थान, सर्जिकल ग्लोभ्स एक सय थान र एन ९५ मास्क दुई थान सहयोग उपलब्ध गराएको हो ।
मनमोहन मेमोरियल मेडिकल कलेजले ‘कोरोना भाइरस नियन्त्रण सहकारी केन्द्र’को रुपमा सेवा दिँदै आएको छ ।
अस्पतालले कोभिड–१९ सम्बन्धी ज्वरो क्लिनिक चलाइरहेको र अहिलेसम्म पीसीआर पोजेटिभ केस नभेटिएको अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।