खोटाङमा हाब्रेकाे तस्बिर र भिडियाे खिचेर ल्याउनेलाई नगद पुरस्कार प्रदान

 जेठ १६, २०७७ शुक्रबार २१:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको केपीलासगढी गाउँपालिका १ फेदीमा हाब्रे (रेडपाण्डा) को तस्बिर र भिडियो खिचेर ल्याउने युवकलाई नगद पुरस्कार प्रदान गरिएको छ । 

फेदीका विभिन्न सामुदायिक वनमा रेडपाण्डाको बसोबास रहेको प्रमाणका लागि रेडपाण्डाको तस्बिर र भिडियो खिचेर ल्याउने स्थानीय पञ्चकेशर राईलाई वडा कार्यालयले नगद पुरस्कार प्रदान गरेको हो । 

सामुदायिक वनमा रेडपाण्डा रहेको चर्चा मात्र चल्ने गरेकाेमा त्यसको प्रमाणकाे लागि वार्षिक कार्यक्रम अन्तर्गत तस्बिर र भिडियो ल्याउने राईलाई नगद सात हजार पाँच सय प्रदान गरिएको वडा सचिव ध्रुबराज राईले बताउनुभयो । 

राईले स्थानीय छिमालुङ सामुदायिक वनमा फेला परेको रेडपाण्डाको तस्बिर र भिडियो खिचेर वडा कार्यालयलाई बुझाएका थिए । 

सामुदायिक वनमा रेडपाण्डा बसेको प्रमाणका लागि वडा कार्यालयले पहिलो पटक तस्बिर र भिडियो ल्याउनेलाई साढे सात हजार, दोस्राे पटक तस्बिर र भिडियो ल्याउनेलाई पाँच हजार र तेस्राे पटक तस्बिर र भिडियो ल्याउनेलाई तीन हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । 

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया