राम ! राम !! राम !!!
चैत २५, २०८१ सोमबार
डोटी - डोटीको सहजपुर बोगटान सडकमा काम गर्ने दुई मजदूरलाई आइतबार राति बाढीले बगाएको छ ।
दुई दिनदेखिको लगातारको वर्षाका कारण आएको बाढीले सडक खण्डको पातली खोलाको छेउमा पाल टाँगेर बसेका दुई जना मजदूरलाई बाढीले बगाएर बेपत्ता पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीले बगाएर बेपत्ता हु्नेमा कञ्चनपुर गुलरिया नगरपालिका–४ बस्ने वर्ष ४५ का कमल थापा र वर्ष २४ का गोपाल कामी रहेका बाढीमा बगेर बच्न सफल अर्का मजदूर्ले जानकारी दिएको प्रहरीले जनाएको छ ।
उनीहरुको खोजीका लागि आइतबार रातिबाट इलाका प्रहरी कार्यालय फल्टुडेको प्रहरी टोली खटिए पनि अहिलेसम्म कोही फेला नपरेका प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।