थप १३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १ हजार ८११ पुग्यो

 जेठ १९, २०७७ सोमबार १८:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा साेमबार थप १३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका सात, रुपन्देही र पाल्पामा दुई/दुई तथा नवलपरासी र गुल्मीमा एक/एक जना गरी १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ११ पुगेको छ । यसअघि आज दिउँसोमात्रै दुई सय २६ जनामा कोरोना पुष्टि भएको थियो ।

साेमबार एक जना डिस्चार्ज भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई सय २२ पुगेकाे छ । सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या आठ पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया