न्युजिल्याण्ड : आउँदाे हप्तासम्म सबै प्रतिबन्ध हट्न सक्ने प्रधानमन्त्री ज्यासिन्डाकाे सङ्केत

 जेठ २०, २०७७ मंगलबार १४:०:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेर्नले काेराेना भाइरस महामारी राेकथामकाे लागि लगाइएकाे सबै प्रतिबन्ध आउँदाे हप्तासम्म हट्न सक्नेतर्फ सङ्केत गरेकी छिन् । 

प्रधानमन्त्री आर्डेर्नका अनुसार प्रतिबन्ध हटाइएपछि देशमा 'अलर्ट लेभन–वान' रहनेछ, जस अनुसार सामाजिक दुरीकाे आवश्यकता हुने छैन र मानिसहरुलाई एकत्र हुन लगाइएकाे प्रतिबन्ध पनि हटाइनेछ । 

यद्यपि उनले देशकाे सीमा भने अहिलेलाई बन्द रहने प्रस्ट पारेकी छिन् । 

मङ्गलबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री ज्यासिन्डा आर्डेर्नेले भनिन्, 'चाँडाेभन्दा चाँडाे कडा लकडाउन लागू गर्ने हाम्राे रणनीतिबाट फाइदा पुगेकाे छ । साँचाे अर्थमा भन्दा याे हामीले साेचेकाे भन्दा पनि धेरै हाे ।' 

प्रतिबन्ध कहिलेसम्म रहिरहन्छ ? यस विषयमा ज्यासिन्डा आर्डेर्नेकाे क्याबिनेटले यसअघि २२ जुनमा निर्णय लिने तय भएकाे थियाे तर अब याे बैठक ८ जुनमा नै हुँदैन । 

मङ्गलबार न्युजिल्याण्डमा काेराेना सङ्क्रमण नदेखिएकाे ११ औँ दिन भएकाे छ । 

न्युजिल्याण्ड सरकारका अनुसार याे सबै लगभग सात हप्ताहकाे लामाे लकडाउनकाे कारणबाट ने सम्भव भएकाे हाे, जसलाई न्युजिल्याण्डका नागरिकले गम्भीरतापूर्वक पालना गरिरहेका छन् । 

न्युजिल्याण्डमा अहिलेसम्म एक हजार पाँच सय चार जनामा काेराेना पुष्टि भएकाे छ । अहिलेसम्म २२ जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया