डोटीमा स्वास्थ्यकर्मीमाथि कुटपिट

 जेठ २०, २०७७ मंगलबार १८:५३:५७ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दानकोट स्वास्थ्य चौकीका अहेब रमेश कुवँरलाई तीन जनाको समूहले कुटपिट गरेको छ । 

शिखर नगरपालिका ९ दानकोट स्वास्थ्य चौकीमा कार्यरत कुवँरलाई गाउँको बाटो हिँड्दा कोरोना सङ्क्रमण फैलिने भन्दै जाँडरक्सी खाएका स्थानीय तीन जनाको समूहले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिनुभयो । 

कुटपिटमा संलग्न रहेको आरोपमा शिखर नगरपालिका ७ का नवीन खत्री, रोशन खत्री र तेज लुहारलाई पक्राउ गरिएकाे बोहराले जानकारी दिनुभयो । कुटपिटबाट घाइते हुनुभएका स्वास्थ्यकर्मी कुवँरलाई उपचारकाे लागि डडेल्धुरा अस्पताल पठाएको थियाे । उहाँकाे त्यहाँ उपचार सम्भव नभएपछि काठमाण्डौ रेफर गरिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिनुभयो । 

स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेहरुलाई आवश्यक अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाउने प्रहरी निरीक्षक बोहराले बताउनुभएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया