गर्भवती र सुत्केरीलाई दिने सेवा नियमित गर : मन्त्रालय

 जेठ २०, २०७७ मंगलबार १७:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्भवती र सुत्केरीको उपचार तथा स्वास्थ्य परीक्षणलाई नियमित गर्न निर्देशन दिएको छ । 

गर्भवती र सुत्केरीले सेवा नपाएको गुनासो आएको भन्दै मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा दिन निर्देशन दिएको हो ।

मन्त्रालयले गर्भवती र सुत्केरीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म ल्याउन/पुर्‍याउन एम्बुलेन्सको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । 

मन्त्रालयले काठमाण्डौ उपत्यकाबाहिर एम्बुलेन्सको अवश्यक परे १०० नम्बरमा फोन गर्न पनि भनेकाे छ । 

काेराेना भाइरस राेकथाम तथा नियन्त्रणकाे लागि लकडाउन घाेषणा गरिएका कारण एम्बुलेन्स नपाएकाे भन्दै गुनासाे आइरहेकाे थियाे । 

अन्तिम अपडेट: असार १४, २०७७

तपाईको प्रतिक्रिया