चौतर्फी विरोधपछि सरकार लचिलो : कर तिर्ने म्याद १५ दिन थपियो

 जेठ २१, २०७७ बुधबार १५:५४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चौतर्फी विरोधपछि सरकारले कर तिर्ने म्याद थपेको छ ।

आन्तरिक राजश्व विभागले जेठ २५ गतेको म्याद असार ७ गतेसम्म थपेको छ । तर आयकरको दोस्रो किस्ताको रकम भने असार १५ गतेसम्म तिरे हुनेछ ।  विभागका अनुसार मूल्य अभिवृद्धि कर भ्याट, अन्त: शुल्क र बाँकी आय कर असार ७ सम्म तिरिसक्नुपर्नेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया