अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – इजरायल सरकारका अनुसार काेराेना सङ्क्रमणकाे कारण झण्डै सात हजार विद्यार्थी र शिक्षकलाई क्वरेण्टीनमा राखिएकाे छ भने ४० भन्दा धेरै विद्यालय बन्द गरिएकाे छ ।
यद्यपि सरकारले अरु विद्यालय खुला नै रहने जनाएकाे छ । पछिल्लाे समय जेरुसेलमकाे जिम्नेसिया हाई स्कुल काेराेना भाइरसकाे एक हटस्पट बनेकाे थियाे, जहाँ सबैभन्दा धेरै नयाँ सङ्क्रमण देखिएकाे थियाे । त्यहाँ झण्डै एक सय ३० विद्यार्थी अन्य व्यक्ति सङ्क्रमित भएकाे पाइएकाे थियाे ।
स्थानीय सञ्चारमाध्यममा आएकाे खबरका अनुसार एक शिक्षकबाट सङ्क्रमण फैलिँदा ठूलाे सङ्ख्यामा मानिसहरु सङ्क्रमित भएका हुन् ।
विद्यालय र दाेस्राे संस्थानमा महामारी फैलिँदा इजरायलमा सङ्क्रमणकाे दाेस्राे अवस्था सुरु हुने हाे कि भन्ने चिन्ता थपिएकाे छ । मङ्गलबार त्यहाँ एक सय १६ नयाँ सङ्क्रमित थपिएका थियाे, याे सङ्ख्या पछिल्लाे एक महिनाकै सबैभन्दा धेरै हाे ।
यद्यपि इजरायलमा अहिलेसम्म १७ हजार तीन सय ४२ जना सङ्क्रमित भएका छन् भने दुई सय ९० जनाकाे ज्यान गएकाे छ, याे विश्वका केही देशकाे तुलनामा कम हाे ।
इजरायलमा महामारी सुरु हुँदै लकडाउन लगाइएकाे थियाे । अप्रिलकाे मध्यतिर प्रतिबन्ध खुकुलाे बनाउन सुरु गरिएकाे थियाे । विद्यालय, कार्यालय, पसल, रेस्टुरेन्ट र समुद्री तट खाेलिएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।