भारत : काेराेना कहरकै बीच होटल, मल र धार्मिकस्थल खुल्ने

 जेठ २३, २०७७ शुक्रबार १५:९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि होटल, रेस्टुरेन्स तथा मल र धार्मिकस्थल खुल्ने भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले सङ्क्रमणको उच्च जोखिमयुक्त क्षेत्रबाहेकका सपिङ्ग मल, होटल, रेस्टुरेन्ट धार्मिकस्थल खोल्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

आउँदो २६ गते अर्थात् जुन ८ तारिखदेखि यी क्षेत्र खोल्न अनुमति दिइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यी क्षेत्रमा ६ फिटको दुरी, मास्क, स्यानिटाइजेशन र थर्मल स्क्रिनिङलाई अनिवार्य गरिएको छ । 

होटल र रेस्टुरेन्टका सञ्चालकले ग्राहकको सबै जानकारी राख्नुपर्ने छ । परिचय पत्र, मोबाइल नम्बर, विदेश यात्रा र बिरामीको पूर्ण जानकारी अनिवार्य राख्नुपर्ने खबरमा उल्लेख छ । 

यो क्षेत्रमा कोरोनाको लक्षण नभएकालाई मात्रै जान अनुमति दिइने छ । यस्तै २४ देखि ३० डिग्रीसम्म एसी चलाउन अनुमति पाइने छ । सम्भव भएसम्म ताजा हावाको ओहारदोहोर हुनुपर्नेछ । 

यस्तै धार्मिकस्थल र मलमा ६५ वर्षभन्दा माथिका नागरिक, १० वर्षभन्दा कम उमेरका बच्चा, गर्भवती र बिरामीलाई नजान आग्रह गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया