'काेराेनाकाे कारण ६ कराेड मानिस गरिबीकाे रेखाभन्दा तल पुग्ने छन्'

 जेठ २५, २०७७ आइतबार १३:४२:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकका अध्यक्ष डेभिड मालपासले काेराेना भाइरस महामारी विश्वभरकाे आर्थिक व्यवस्थाकाे लागि एक ठूलाे विनाशकारी झट्का भएकाे बताएका छन् । 

काेराेना महामारीकाे कारण कराेडाैँ मानिसकाे जिन्दगीमा असर पर्न सक्ने विश्व बैंकका अध्यक्ष मालपासले चेतावनी दिएका छन् । उनले अर्थव्यवस्थामा हुने नाेक्सान एक दशकसम्म रहिरहने आशङ्का गरेका छन् । 

मे महिनामा मालपासले काेराेना भाइरसकाे प्रभावकाे कारण झण्डै ६ कराेड मानिस अत्यधिक गरिबीतर्फ धकेलिने बताएका थिए । 

विश्व बैंकका अनुसार अत्यधिक गरिबीतर्फ धकेलिनुकाे अर्थ कुनै व्यक्तिसँग जीवन जीउनकाे लागि एक दिनमा १ दशमलव ९० डलरभन्दा कम हुनु हाे । 

शुक्रबार दिएकाे अन्तर्वार्तामा मालपासले ६ कराेडभन्दा धेरै मानिसहरुले अब प्रत्येक दिन १ पाउण्डभन्दा कम रकममा जीवन जीउन बाध्य हुनुपर्ने जनाएका थिए ।  

बीबीसी रेडियाे ४ काे कार्यक्रम 'द वर्ल्ड दिस विकेन्ड' मा मालपासले काेराेना महामारी र त्यसपछिकाे लकडाउनले विश्वभरका कराेडाैँ मानिसकाे जिन्दगी प्रभावित गरेकाे बताए । 

याे दुई कारणले मानिसहरुकाे आम्दानी कम भएकाे छ भने साथै मानिसहरु स्वास्थ्यप्रति र सामाजिक मेलमिलापप्रति निकै नै सजग भएका छन् । 

मालपासका अनुसार काेराेना भाइरसलाई निकै मुश्लिक ढङ्गले सामना गरिरहेका मानिसहरु नै धेरै प्रभावित भएका छन् । 

मालपासले भने, 'अमेरिकामा स्टक मार्केट अपेक्षा गरिएकाे भन्दा माथि नै छ तर गरिब देशका मानिसहरु केवल बेराेजगार भइरहेका छन् र उनीहरुले असङ्गठित क्षेत्रबाट पनि काम पाइरहेका छैनन् । यसकाे असर एक दशकसम्म रहनेछ ।'

विश्व बैंक आफ्ना सहयाेगीहरुसँग मिलेर सबैभन्दा प्रभावित देशमा सहयाेग पुर्‍याइरहेकाे छ ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया