स्वास्थ्य मन्त्रालयको प्रवक्ताकाे जिम्मेवारीबाट बिदा हुनुभएका देवकाेटा भन्नुहुन्छ– 'मलाई भन्दा धेरै सहयोग गरिदिनुहोला'

 जेठ २५, २०७७ आइतबार १६:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले प्रवक्ता डाक्टर विकास देवकोटालाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतमलाई ल्याइएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरु हुनु अघिदेखि मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका देवकोटाले आज प्रत्यक्ष प्रसारणमार्फत आफू बिदा भएको स्पष्ट पार्नुभएको छ ।

कोभिड १९ बारे ताजा जानकारी दिन भएको प्रेस बिफ्रिङमा बिदा माग्दै गर्दा देवकोटा भावुक हुनुभयो । उहाँले आफूलाई भन्दा पनि अब प्रवक्ताकाे रुपमा आउनुभएका डाक्टर जागेश्वर गौतमलाई सहयोग गरिदिन आग्रह गर्नुभयो ।

उहाँले अहिलेसम्म आफूलाई साथ र सहयोग गरेको भन्दै मन्त्रालयका कर्मचारी र मिडियाकर्मीलाई धन्यवाद दिनुभयो ।

डाक्टर देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ । भोलिदेखि डाक्टर गौतमले कोभिड १९ को ताजा जानकारी गराउनुहुनेछ । गौतम यसअघि प्रसूति गृहको प्रमुख हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया