विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ७० लाख नाघ्यो

 जेठ २५, २०७७ आइतबार १८:३१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ७० लाख नाघेको छ । अहिलेसम्म ७० लाख चार हजार आठ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएको छ । 

यस्तै विश्वमा कोरोनाकाे कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ भने ३४ लाख २६ हजार एक सय ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै सङ्क्रमित भएको देशको पहिलो सूचीमा रहेको अमेरिकामा अहिलेसम्म झण्डै २० लाख जना सङ्क्रमित भएका छन् । त्यहाँ कोरोनाकाे कारण एक लाख १२ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । 

यस्तै ब्राजिलमा ६ लाख ७६ हजारभन्दा धेरै संक्रमित छन् । ब्राजिलमा ३६ हजार ४४ जनाको ज्यान गएको छ । यस्तै भारतमा झण्डै साढे दुई लाख जनामा सङ्क्रमण पुष्टी भएको छ । हरेक दिन सङ्क्रमित बढिरहेको भारतमा ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९ सय ५४ छ । 

अहिलेसम्म विश्वका दुई सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा काेराेना सङ्क्रमण देखिएकाे छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया