माैद्रिक नीतिकाे लागि राष्ट्र बैंकले माग्याे सुझाव

 जेठ २५, २०७७ आइतबार २०:१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको लागि सुझाव मागेको छ । राष्ट्र बैंकले सूचनामार्फत आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव दिन अनुरोध गरेको छ ।

राष्ट्र बैंकको इमेल [email protected] वा नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग बालुवाटार काठमाण्डाैकाे फोन नम्बर ०१–४४१७४९७ वा फ्याक्स नम्बर ०१–४४३३३६ मा सूझाव पठाउन सकिने छ ।

कोरोना भाइरसले समस्यामा परेको अर्थतन्त्र सुधार्ने हिसाबले र बजेटमा उल्लेख भएकाे प्रावधानलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने नयाँ मौद्रिक नीति आउने राष्ट्र बैंकले जनाएको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया