दिल्लीका मुख्यमन्त्री केजरीवाल सेल्फ क्वरेण्टीनमा, मङ्गलबार कोरोना परीक्षण हुने

 जेठ २६, २०७७ सोमबार १५:३१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाल सेल्फ क्वरेण्टीनमा बस्नुभएको छ । हल्का ज्वरो र घाँटी सुक्खा भएपछि मुख्यमन्त्री केजरीवाल हिजो आइतबारदेखि सेल्फ क्वरेण्टीनमा बस्नुभएको हो ।

आमआदमी पार्टीका अध्यक्ष समेत रहनुभएका केजरीवाल फोनमार्फत् चिकित्सकसँग परामर्श लिएपछि सेल्फ क्वरेण्टीनमा बस्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आमआदमी पार्टीका एक जना प्रवक्ताले मङ्गलबार उहाँको कोरोना परीक्षण हुने जनाएका छन् । 

केजरीवाल आइतबार साँझको कोरोना अपडेटसम्बन्धी अनलाइन पत्रकार सम्मेलनमा सहभागी हुनुभएको थियो । भारतको राजधानी रहेको दिल्ली राज्यमा मात्रै कोरोना सङ्क्रमणबाट ८१२ जनाको ज्यान गइसकेको छ भने २८,९३६ जना सङ्क्रमित छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया