कोरोनाको तथ्याङ्क नलुकाउन ब्राजिललाई डब्लूएचओको आग्रह

ब्राजिललमा नयाँ सङ्क्रमित १८ हजारभन्दा धेरै

 जेठ २७, २०७७ मंगलबार ८:३९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको सूचना सार्वजनिक गर्न ब्राजिललाई आग्रह गरेको छ ।

कोरोनाको असरबारे तथ्याङ्क नलुकाउन आग्रह गर्दै डब्लुएचओले नागरिकको सुरक्षाका लागि पनि तथ्याङ्क सार्वजनिक गर्नुपर्ने बताएकाे हाे । ब्राजिल सबैभन्दा धेरै कोरोना सङ्क्रमित देशको सूचीको देस्रो स्थानमा छ ।

तर कोरोना रोकथाम गर्न नसकेको भन्दै सरकारले आलोचना हुन थालेपछि ब्राजिलले कोरोनासँग सम्बन्धित जानकारी हटाएको थियो । ब्राजिललमा पछिल्लो २४ घण्टामा १८ हजार भन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका वर्ल्डओमिटरले जनाएको छ ।

ब्राजिल

अहिलेसम्म ब्राजिलमा ७ लाख १० हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ भने ३७ हजार ३ सय १२ जनाको ज्यान गएको छ । यस्तै धेरै सङ्क्रमित हुने देशको पहिलो नम्बरमा रहेको अमेरिकामा पनि १८ हजार भन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।

२० लाख २६ हजारभन्दा धेरै जनालाई कोरोनाको सङ्क्रमण भएको अमेरिकामा १ लाख १३ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै विश्वमा अहिलेसम्म ७१ लाख ८८ हजार भन्दा धेरै सङ्क्रमित छन् । ४ लाख ८ हजार भन्दा धेरैको ज्यान गएको छ भने ३५ लाख ३० हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया