यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
रुपन्देही - रुपन्देहीमा हत्या गरिएका पाँचै जनाकाे परिचय खुलेकाे छ ।
हत्या भएकाहरुमा जानकी मुसहर, माधव मुसहर, पोषराज मुसहर, करुण चौधरी र आशिष चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । माधव र जानकी श्रीमान श्रीमती रहेको पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजारको मैनहवामा एक महिला र ४ पुरुष गरी पाँच जनाको सामुहिक हत्या भएको हो । मैनहवामा स्थानीय कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशु फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीले सुर्खेतका झपेन्द्र सिंजालीलाई पक्राउ गरेको छ । घटनास्थलमा कोदालो भेटिएकाले हत्यामा कोदालो प्रयोग भएको हुनसक्ने आशंका गरिएको खत्रीले बताउनुभयो । फार्ममा ६ जना कामदार थिए । पक्राउ परेका सिंजाली पनि फार्मका कामदार हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।