'कासिम सुलेमानीकाे जासुसी गर्नेलाई मृत्युदण्ड दिइनेछ'

 जेठ २७, २०७७ मंगलबार १७:४२:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इरानकाे सर्वाेच्च अदालतले इरानी शीर्ष कमाण्डर कासिम सुलेमानीकाे जासुसी गरेर, उनीसँग जाेडिएकाे सूचना अमेरिका र इजरायललाई दिने दाेषी महमुद मुसवीलाई चाँडै नै मृत्युदण्डकाे सजाय दिइने बताएकाे छ । 

सन् २०१९ जुन ३ तारिखकाे दिन अमेरिकी ड्राेनकाे आक्रमणमा सुलेमानी मारिएका थिए । सुलेमानी इरानका एक शीर्ष सैन्यकर्मी, उदयमान् नेता र कुद्स फाेर्सका प्रमुख थिए, जसले इजरायल र अमेरिकाविरुद्ध कैयाैँ ठूला अभियान चलाएका थिए । 

समाचार एजेन्सी राेयटर्सका अनुसार इरानकाे सर्वाेच्च अदालतका प्रवक्ता गुलाम हुसैन इस्माइलीले मङ्गलबार एक टीभी कन्फ्रेन्समा भने, 'महमुद मुसवीलाई सीआईए र माेसादकाे लागि जासुसी गरेकाे दाेषी पाएका छाैँ । याे अपराधकाे लागि उनलाई मृत्युदण्ड दिइनेछ । महमुद मुसवीले नै सुलेमानीसँग जाेडिएका सबै जानकारी हाम्रा शत्रुलाई दिएका थिए ।'

सुलेमानीकाे मृत्युपछि इरानले पटक पटक इराकमा रहेकाे अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र प्रहार गरेकाे थियाे । यद्यपि अमेरिकाले त्याे आक्रमणमा आफ्ना कुनै सैनिक नमरेकाे दाबी गरेकाे थियाे । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया