भारत र चीनबीचको विवादित सीमा क्षेत्र लद्दाखबाट दुवै देशका सेना पछि हट्न थाले

 जेठ २८, २०७७ बुधबार १०:३०:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एएनआई

काठमाण्डाै – भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखबाट दुवै देशका सेना पछि हट्न थालेका छन् । बुधबार पूर्वी लद्दाखको 'हट स्प्रिङ्स' क्षेत्रमा दुई देशका उच्च सैनिक अधिकारीबीच वार्ता हुनुअघि दुवै देशका सेना नियन्त्रण रेखाबाट पछि हटेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सीमा क्षेत्रबाट भारतले भन्दा चीनले धेरै सैनिकलाई पछि हट्न भनेको छ । यसअघि गएको आइतबार पनि दुई देशका जर्नेलस्तरमा वार्ता भएको थियो । वार्ताले सीमा समस्याको लागि सैनिक कुटनीतिक र राजनीतिक तहमा वार्ता सल्टाउने सहमति गरेको थियो ।

पहिलो चरणको वार्तापछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले चीनसँग कुटनीतिकस्तरमा वार्ता भइरहेको र दुई वटै देशमा सक्षम नेतृत्व रहेकाेले सीमाको तनाव लामो समय नरहने बताएका थिए ।

लद्दाखको वास्तविक सीमा क्षेत्र एलएसीका कैयाैँ इलाकामा चिनियाँ सेना प्रवेश गरेपछि भारतीय सेनासँग कयौँ पटक धकेलाधकेल भएकाे खबर सार्वजनिक भएका थिए । लद्दाख क्षेत्रमा भारत–चीनका सेनाबीच बर्सेनि एक/दुई पटक झडप हुने भए पनि यो वर्ष भने महिनैपिच्छे झडप भइरहेका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया