लकडाउन नियमकाे उल्लङ्घन गर्दा युक्रेनी राष्ट्रपतिले जरिबाना तिरे

 जेठ २९, २०७७ बिहिबार १४:५४:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युक्रेनका राष्ट्रपति भाेलाेदमिर जेलेन्स्कीले लकडाउनकाे नियम उल्लङ्घन गर्दा जरिबाना तिर्नुपरेकाे बताएका छन् । 

गएकाे जुन ३ तारिखकाे दिन खेम्लेन्स्के शहरकाे एक क्याफेमा जाँदा जरिबाना तिरेकाे युक्रेनी प्रधानमन्त्री जेलेन्स्कीले बताए । 

क्याफेमा गएकाे केही समयपछि उनकाे कार्यालयले क्याफेमा कफी पिइरहेकाे उनकाे फाेटाे सार्वजनिक गर्‍याे, त्याे समय क्याटरिङ सेवामा प्रतिबन्ध यथावत् थियाे । साथै राष्ट्रपति जेलेन्स्कीले मुखमा मास्क पनि लगाएका थिएनन् । 

'उनीहरुले राम्राे काम गरे', राष्ट्रपति जेलेन्स्कीले भने । तर उनले कति जरिबाना तिरेकाे बारेमा पनि खुलाउन चाहेनन् । 

जेलेनेस्कीले जानाजान काेभिड–१९ बाट सङ्क्रमित हुन खाेज्नु युक्रेनी नागरिककाे लागि वास्तविक खतरा महसुस गरेकाे पनि बताए । 

केही वर्षअघिसम्म टेलिभिजनमा संयाेगवस राष्ट्रपतिकाे पात्रकाे भूमिका निर्वाह गरिरहेकाे ४१ वर्षीय जेलेनेस्की एक वर्षअघि युक्रेनका राष्ट्रपति चुनिएका थिए ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया