यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
सर्लाही - सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच शुक्रबार झडप भएको छ ।
भारतीय नागरिकले सशस्त्र प्रहरीको हतियार खोसेर भाग्न थालेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारत सितामढी जिल्ला पिप्रा प्रर्सैनी पंचायताका २७ वर्षीय विकेश कुमारको ज्यान गएको छ ।
एक सय जनाभन्दा बढीको समूहमा आएका भारतीयले नारायणपुरमा रहेको सशस्त्र प्रहरी पोस्टमाथि घेरा हालेर हतियार खोसेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिनुभयो । भारतीय समूहले खोसेर लगेको हतियार सशस्त्र प्रहरीले फिर्ता ल्याएको छ ।
भिडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १० राउण्ड फायर गरेको बताएको छ । सशस्त्र प्रहरीको गोली लागेर तीन जना भारतीय नागरिक घाइते भएका छन् भने भारतीय नागरिकको आक्रमणबाट चार जना सशस्त्र प्रहरी पनि घाइते भएका छन् ।
घाइते प्रहरीको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने भारतीय नागरिकको भारतमै उपचार भइरहेको बताइएको छ ।
भारतीय नागरिकहरुले भने सशस्त्र प्रहरीले गाँउमा नै पसेर आफूहरुमाथि दुर्व्यवहार गरेको आरोप लागएका छन् । भारतीय नागरिकले नारायणपुर नाकाबाट सामान बोकेर सजिलै नेपाल छिर्न पाउनुपर्ने भन्दै सशस्त्र प्रहरी पोस्ट घेराउ गरेका थिए ।
अहिले घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारततीय सीमा सुरक्षा बलका अधिकारीहरुबीच छलफल भइरहेको छ । नारायणपुर सीमा नाका भारतीय तस्करहरुले विभिन्न मालसमान नेपाल भित्र्याउने तस्करी नाकाको रुपमा परिचित छ ।
सशस्त्र प्रहरीको ड्युटी परिवर्तन हुने मौका छोपेर भारतीय तस्करले नेपालतर्फ त्यस नाकाबाट कपडा, खाद्यान्न, भाँडाकुडा, रासायनिक मललगायत अन्य समान ल्याउने गरेका छन् ।
केही दिन पहिले पनि भारतीय समान नेपाली बजारमा बिक्री गर्नु पाउनु पर्ने माग राख्दै भारतीयहरुले विष्णु गाउँपालिकामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्टमाथि आक्रमण गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मदन कुमार
June 13, 2020, 2:28 p.m.भारतीय नागरिक र भारतीय सुरुक्षाबलले नेपाल र नेपालीहरु प्रति गरिने हेपाहा ब्यबहार यो एउटा उदाहरण मात्र हो। अब सरकारले कठोर निर्णय गरेर दसगजा मा धेरै भन्दा धेरै शसस्त्र प्रहरी हरु परिचालन गरेर सिमाना का नागरिकको सुरक्षा प्रदान गर्ने र यस्ता घुसपैठी हरुलाई निरुत्साही गर्नु पर्छ।
paasang
June 13, 2020, 1:31 a.m.पहिलाइ देखी हान्नु पर्ने हो सिमा मिच्ने हेप्न खोज्ने जो कोहि लाइ पनि सिदाइ बुलेट को जवाफ दिनु नाइ उत्तम हुन्छ जाइ स्वाभिमान
Rishi Timilsina
June 12, 2020, 1:48 p.m.हटी होइन डटी लड्ने नेपाली को बानी हुन्छ ...... जय स्वाभिमान जय नेपाल सिमा सुरक्षा भनेको कडा हुनुनै पर्छ
डिल्ली प्रसाद पराजुलि
June 12, 2020, 1:17 p.m.हामी भारतियको गुलामी होइनम हतियार खोस्न आउनेलाइ गोलि ठोक्नै पर्छ हेपाहा प्रबृती को पराकास्ठ हो गोलि हान्न बाध्री पारियो जस्ले हान्यो उहालाइ मेरो नमन छ