कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ८ सय ७७ पुग्यो

 जेठ ३०, २०७७ शुक्रबार १६:५६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या आठ सय ७७ पुगेको छ ।

पछिल्लो विवरणअनुसार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । काठमाण्डौका विभिन्न अस्पतालबाट आठ जना र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आठ जना गरी १६ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

शुक्रबार थप चार सय ४८ जनामा काेराेना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितकाे सङ्ख्या पाँच हजार ६२ पुगेकाे छ । त्यस्तै अर्घाखाँचीमा ज्यान गुमाएका पुरुषमा काेराेना पुष्टि भएसँगै कुल मृतककाे सङ्ख्या १६ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया