सरिता गिरीलाई पार्टीले फेरि सचेत गरायो, संशोधन फिर्ता नलिए कारबाही गर्ने चेतावनी

 जेठ ३१, २०७७ शनिबार १३:३०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  जनता समाजवादी पार्टी (जसपा)ले संविधान संशोधन विधेयकमा सांसद सरिता गिरीले पेश गर्नुभएको संशोधन प्रस्ताव फिर्ता लिन फेरि निर्देशन दिएको छ ।

जसपा संसदीय दलको बैठकले सांसद गिरीलाई संशोधन प्रस्ताव फिर्ता ल्याउन निर्देशन दिएको छ भने सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

 गएको बुधबार नै जसपाले आफ्नो सांसद गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । पार्टीको निर्देशन नमाने सांसद गिरीलाई कारबाही गर्ने जसपाको तयारी छ।

 प्रयाप्त प्रमाणबिना र भारतसँग पर्याप्त छलफल नगरी नयाँ नक्सा निशान छापमा राख्न लागिएको भन्दै गिरीले संशोधन दर्ता गराउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया