सरिता गिरीको संशोधन अस्वीकृत, संविधान संशोधन सर्वसम्मत हुने संकेत

 जेठ ३१, २०७७ शनिबार १३:४९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले संसदमा पेश गरेको संविधान दोश्रो संशोधन विधेयकमाथि सांसद सरिता गिरीले राखेको प्रस्ताव समाभुख अग्निप्रसाद सापकोटाले खारेज गरिदिनुभएको छ । 

सरकारले लिपुलेक लिम्पियाधुरा र कालापानी समेटेर जारी गरेको नयाँ नक्सा नेपालको निशान छापमा समेट्न सरकारले पेश गरेको अध्यादेशको विरोधमा सांसद गिरीले संसदमा दर्ता गराएको अर्को प्रस्ताव सभामुख सापकोटाले खारेज गरिदिनुभएको हो । 

आजको बैठकमा सभामुख सापकोटाले संसद नियमावलीको ११२ नम्बर बुँदामा रहेको संशोधन सम्बन्धि शर्त पूरा नभएकाले सांसद गिरीको विधेयक अस्विकृत गरेको रुलिङ्ग गर्नुभयो । अहिले सरकारले पेश गरेको विधेयकमाथि दफावार छलफल भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया