राष्ट्रिय मुद्दामा एक भयौँ, सरकारलाई कांग्रेसको साथ छ : सभापति देउवा

 जेठ ३१, २०७७ शनिबार १४:३९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुगौली सन्धि अनुसार काली नदी पूर्वको भाग नेपालकै भएकाेले नक्सामा अटाएको बताउनुभएको छ । 

संविधान संशोधन विधेयेकको दफावार छलफलमा सभापति देउवाले अङ्ग्रेज र चीनका डकुमेन्टमा पनि काली नदीकाे पूर्वकाे लिम्पियाधुरा, लिपुलेक कालापानीलगायतका भूमि नेपालकै रहेको देखिएको उहाँले बताउनुभयो । 

यो राष्ट्रिय मुद्दा भएकाेले आफ्नो दलकाे पूर्णरुपमा समर्थन गरेको सभापति देउवाले बताउनुभयो । यसमा सबै पार्टीको समर्थन देखिएकोले राष्ट्रिय मुद्दामा नेपाल एकजुट हुन्छ भन्ने सन्देश फेरि फैलिएको उहाँकाे भनाइ छ ।  

उहाँले यो निर्णयको लागि सबैलाई धन्यवाद दिनुभएको छ ।  उहाँले अब कुटनीतिक वार्ताको लागि पनि नेपाली कांग्रेसको तर्फबाट समर्थन रहने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया