बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले संविधानमा असन्तुष्टि हुँदा हुँदै पनि राष्ट्रियताको विषयमा सम्झौता नहुने बताउनुभएको छ । संविधान संशोधन विधेयेकमाथिको छलफलमा भाग लिँदै उहाँले राप्रपाकाे यसमा कुनै स्वार्थ र निःस्वार्थ विना नै समर्थन हुने बताउनुभयो ।
‘दुनियाँलाई थाहा छ, अहिलेको संविधानमा राप्रपको गम्भीर असहमति छ । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताकाे विषयमा नै गम्भीर असहमती छ तर अहिलेको विषय राष्ट्रियता, अखण्डता र सार्वभौमताको सवाल भएकाेले राप्रपाको शर्त छैन, देशभन्दा माथप अरु केही छैन’, लिङ्देनले भन्नुभाे ।
उहाँले नक्सामा भूमि अटाएको भए पनि वास्तविक रुपमा नै भूमि ल्याउनुपर्ने बताउनुभयो । भूमि फिर्ता ल्याउनको लागि भारतसँग भाइको आधारमा नभइ मित्रताका आधारमा वार्ता गर्नुपर्ने बताउनुभयो ।
यदि भारतले सुगौली सन्धि नमान्ने भएमा टिस्टा र काँगडा पनि नेपालकै हुने उहाँले दाबी गर्नुभयो । भारतले सुगौलि सन्धी मान्ने हो भने लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका भूभाग विना स्वार्थ नेपाललाई दिनुपर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।