भारतको प्रतिक्रिया : नेपालले 'भारतीय भूमि' नक्सामा राखेर सम्झौता तोड्यो

 जेठ ३१, २०७७ शनिबार २०:२५:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर तयार पारिएको नयाँ नक्सा संविधानको अनुसूचीमा राख्न नेपालले गरेको संविधान संशोधनमा भारतले कडा आपत्ति जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्तिमार्फत नेपालले भारतको भूमि आफ्नो नक्सामा राखेको जनाएका छन्  । विज्ञप्तिमा नेपालले भूमि दाबी गर्न कुनै ऐतिहासिक प्रमाण नभएको पनि बताइएको छ ।

‘नेपालको बनावटी दाबी हो, जुन ऐतिहासिक तथ्यमा आधारित छैन, नेपालको यो कदमले वार्तामार्फत सीमा विवाद समाधान गर्ने समझदारीको उल्लङ्घन गरेको छ’, विज्ञप्तिमा भनिएको छ । 

यस्तै लिम्पियाधुरा र लिपुलेक भारतको भएको यसअघिको अडान यथावत् रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया